
काठमाडौं, १५ जेठ । टीकापुर हत्याकाण्डको आरोपमा कारागारमा रहेका रेशम चौधरी रिहा भएपछि धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ खुसी भएका छन् ।
सामाजिक सञ्जालमाफर्त मेयर साम्पाङले रेशमको रिहाबाट आफू खुसी रहेको बताएका हुन् ।
‘उनले सागर बरू सुकेर गइजाला, जान्न मायाँ कहिले नि सुकेर’ बोलको गीत गीत गाउँदै उनलाई सम्झने गरेको बताएका छन् ।
‘सागर बरु सुकेर गइजाला ! जान्न माया कहिले नि सुकेर ! यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें ! वहाँको संगीत हो यो ! अनेकन चोटि मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें ! आज म खुसी छु !,’ उनले लेखेका छन् ।
चौधरीको रिहाइका लागि अनेकन पटक प्रदर्शन पनि गरेको उनले बताएका छन् ।
टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपमा आजीवन कारावासको सजाय पाएका रेशम सोमबर रिहा भएका हुन् ।
सरकारले गणतन्त्र दिवसको अवसरमा पारेर चौधरीलाई पनि आममाफी दिएपछि उनी नौ वर्षपछि रिहा भएका हुन् ।















प्रतिक्रिया