४ कार्तिक २०८३, बुधबार

झण्डै तीन करोड क्षतिपूर्ति माग्दै मुकुलले हाले ढाकाकुमारविरूद्ध उजुरी

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् पार्टी प्रवक्ता मुकुल ढकालले पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठविरूद्व सर्वोच्च अदालतमा उजुरी दिएका छन् ।

प्रवक्ता ढकालले श्रेष्ठविरूद्व मानहानी मुद्दा हालेका हुन् । समानुपातिक सांसद बन्न आफूले ढकाल र उपसभापति डोलप्रसाद अर्याललाई २ करोड ८४ लाख रूपैयाँ बुझाएको अभिव्यक्ति दिएपछि ढकालले आरोपको खण्डन गर्दै मुद्दा दायर गरेका हुन् ।

ढकालले २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा हालेका हुन् ।

प्रवक्ता ढकालले यसअघि नै क्षतिपूर्तिबाट प्राप्त हुने रकम रास्कोट अस्पताललाई सहयोग गर्ने घोषणा गरिसकेका छन् ।