४ कार्तिक २०८३, बुधबार

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस (तस्वीरहरु)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच आज १६औँ गणतन्त्र दिवस मनाएको छ ।

पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो ।  कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दिवस मनाइएको हो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुख उपस्थिति रहेको थियो । हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।

करिब २४० वर्षको शाहवंशीय राज संस्थाको निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य भएको घोषणा गरिएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.