४ कार्तिक २०८३, बुधबार

युवराज सफलमाथि कुटपिट

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व मुद्दा हालेर चर्चामा आएका युवराज पौडेल सफलमाथि काठमाडौंको बानेश्वरमा हातपात भएको छ ।

शनिबार दिउँसो स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले सफललाई कुटपिट गरेका हुन् ।

नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी भएका सफललाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो।

प्रदर्शनका क्रमम भनाभन भएपछि सफलमाथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ । खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।