४ कार्तिक २०८३, बुधबार

जस्तोसुकै घेराबन्दी वा मुद्धा हालेपनि चिरेर अघि बढ्छौँ: रवि लामिछाने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरु भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन् ।

प्रहरी छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफुहरुले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको लामिछानेले बताए । प्रहरीले बयान लिनसम्म डराएका व्यक्तिहरुमाथि अब संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ ।

उनले नेपाली जनताले आफूहरूलाई नाच्न गाउन नभई भ्रष्टहरुलाई समात्न संसदमा पठाएको उल्लेख गरे ।

कुनै पनि भ्रष्टहरुको बिषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेराबन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दाबी गरे । भ्रष्टाचारको जरो नउखेलेसम्म बिश्राम नलिने उनको भनाइ छ ।