४ कार्तिक २०८३, बुधबार

भारतको बैंग्लुरू उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै फर्कियो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । भारतको बैंग्लुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै पुन: काठमाडौं फर्किएको छ ।

१ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडेको एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाज केही समयपछि पुन: काठमाडौं नै फर्किएको हो ।

जहाजमा चरा ठोक्किएको आशंकापछि जहाजलाई पुन: काठमाडौं फर्काइएको हो । ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।

जहाजमा चारा ठोक्किएको पुष्टि भने हुने सकेको छैन । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको विमानस्थलले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।