४ कार्तिक २०८३, बुधबार

सन्दीपलाई आरोप लगाउने युवती नाबालिका नरहेको कागजात पुन: अदालतमा पुग्यो

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरीको जन्ममितिको कागजात अदालतमा पुगेको छ ।

काठमाडौं जिल्ला अदालतले दोस्रो पटक किशोरीको जन्ममितिको कागजात नुवाकोटस्थित वडा र पर्साको नारायणी अस्पतालबाट मगाउन आदेश दिएको थियो ।

यसअघि काठमाडौं जिल्ला अदालतले किशोरीको वडाबाट र अस्पतालबाट जन्ममितिको कागजात मगाएको थियो । उक्त कागजातको उमेरका विषयमा पनि विवाद भएपछि पछिल्लो पटकको सुनुवाईले पुन: वडा र अस्पतालबाट कागजात झिकाउन आदेश दिएको थियो।

दोस्रो पटक मगाइएको कागजातमा पनि किशोरी नाबालिका नरहेको पुष्टि भएको छ । नुवाकोटको तादी गाउँपालिकाको कागजातमा किशोरीको वास्तविक जन्म मिति २०६१/०३/१८ उल्लेख रहेको अदालत स्रोतले जानकारी दिएको छ ।

कागजात अनुसार बलात्कार भएको भनिएको मितिमा किशोरी १८ वर्ष कटेको देखिन्छ । यस्तै, नारायणी अञ्चल अस्पतालले पठाएको कागजातमा पनि किशोरीको जन्म मिति २०६१/०२/१८ नै उल्लेख छ ।

किशोरीले अस्पतालमा रहेको जन्म मितिभन्दा एक महिना फरक पारेर पहिलो जन्मदर्ता बनाएकोसमेत खुलेको छ । किशोरीले भने आफ्नो जन्ममिति २०६२ साल रहेको कागजात पेश गरेकी छिन् ।

वडा र अस्पतालले पुन किशोरी नाबालिका नरहेको प्रमाण पठाएसँगै सन्दीपलाई ठूलो राहत मिलेको छ । सन्दीपको मुद्दाको अर्को सुनुवाई आगामी मंगलबारका लागि तोकिएको छ ।