शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भ्रष्टाचारविरूद्व हाम फालिसकेका छौँ, केही समयभित्रै ठूला-ठूला एक्सनहरू हुनेछन्: प्रधानमन्त्री

दैनिक नेपाल २०८० जेठ १३ गते १२:४८

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दश वर्षे जनयुद्वमा हाम फाले झैँ अहिले भ्रष्टाचारविरूद्व हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठूला–ठूला एक्सन हुने दाबी गरे ।

‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम्फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम्फालिसकेका छौ । केही समयभित्रै ठूला ठूला एक्सनहरु हुनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पूरा गर्नका लागि पनि आफूहरूले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए। उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गरे ।

आफूरू नेतृत्वमा गएदेखि असफल पार्ने तत्व लागिपरेको भए पनि आफूहरू घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उनले भने, ‘हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौँ । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुवै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभिभारा र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ,’ ।

प्रतिक्रिया
सम्बन्धित