शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

तीन दलबीच माओवादी सांसदले लगाएको जलहरीको आरोप रेकर्डबाट हटाउने सहमति

दैनिक नेपाल २०८० जेठ १३ गते ११:०५

काठमाडौं, १३ जेठ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको शीष तीन दलको बैठक सकिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपामा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको हो ।

शीर्ष तीन दलबीच प्रतिनिधि सभामा माओवादी सांसद लेखनाथ दाहालले एमालेमाथि लगाएको पशुपतिको जलहरीको विषय संसदको रेकर्डबाट हटाउने सहमति भएको छ ।

दाहालको आरोपपछि बिना प्रमाण तथ्यहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरूद्व गरेको थियो । सहमतिसँगै एमालेले प्रतिनिधि सभा चल्न दिने भएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रतिक्रिया
सम्बन्धित