मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

तीन दलका शीर्ष नेता छलफलमा

दैनिक नेपाल २०८० जेठ १३ गते ९:०१

काठमाडौं, १३ जेठ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रतिनिधि सभा बैठक तथा समसामयिक विषयमा भएको छलफल सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रतिनिधि सभा बैठकको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरु सहभागि छन् ।

शुक्रबार स्थगित प्रतिनिधि सभाको बैठक आज शनिबार बस्दैछ ।

शुक्रबारको बैठकमा पशुपति मन्दिरको जलहरीबारे प्रश्न उठेपछि संसद बैठक स्थगित भएको थियो ।

एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको अडान छ ।

प्रतिक्रिया
सम्बन्धित