३ कार्तिक २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुका लागि भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।

डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै २९औं वार्षिकोत्सवको अवसर पारेर बैंकले शुक्रबारदेखि ग्राहकका लागि भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन् ।

उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सबै नेपाली माझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न सक्नेछन् ।

कार्ड मार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ ।