
काठमडौं, १२ जेठ । गत वैशाख ७ गते काठमाडौंको कपनमा निरा पाण्डेको हत्या गर्ने विनोद विश्वकर्मा जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।
विनोदविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आजिवन कैदको माग गर्दै बुधबार अभियोग दायर गरेको थियो। ३२ वर्षीया निराको हत्या गरेर उनी बिर्तामोड पुगेका थिए ।
घटनाको नौ दिनपछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।















प्रतिक्रिया