४ कार्तिक २०८३, बुधबार

आरोपको खण्डन गर्दै ओलीले भने- जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन !

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदमा सत्तापक्षले लगाएको आरोपको खण्डन गरेका छन् ।

पार्टी कार्यालयमा च्यासालमा आयोजित स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आरोपको खण्डन गरेका हुन् ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा आफूमाथि तथ्यहीन आरोप लगाएको बताए ।

‘अस्तिका दिनमात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्‍यो भनेर बोले,’ उनले भने, ‘हुनैपर्छ संसद अवरूद्ध, किनभने यस्तो बकवास ! जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’

सांसद दाहालले पशुपतिमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको आरोप लगाएपछि एमालेले विरोध गरेको हो ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा एमालेले तथ्यसहित सरकारले आरोपको जवाफ दिनुपर्ने माग गर्दै संसद अवरूद्व गरेको छ ।