४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीलाई माफी दिने सरकारको निवेदन राष्ट्रपतिले फिर्ता पठाइदिए

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । टीकापुर हत्यकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन माग गर्दै सरकारले राष्ट्रपति कार्यालयमा पठाएको निवेदन फिर्ता भएको छ ।

राष्ट्रपति कार्यालयले निवेदन आज गृहमन्त्रालयमै फिर्ता पठाएको हो । गणतन्त्र दिवसको अवसर पारेर रेशमलाई आममाफी दिन माग गर्दै सरकारले राष्ट्रपति कार्यालयमा निवेदन दिएको थियो ।

प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर निवेदन गृहमा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदनसमेत दर्ता भएको थियो । टीकापुर हत्याकाण्डमा ज्यान गुमाउने प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी हुन् ।