४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीलाई माफी नदिन माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन दर्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको छ ।

टीकापुर हत्याकाण्डमा ज्यान गुमाउने प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी हुन् ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई माफी दिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको छ ।

निवेदनको राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका बताइएको छ ।