२९ आश्विन २०८३, बिहिबार

आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्दैन : सुवास नेम्वाङ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता पक्षले लगाएको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका छन्।

नेम्वाङले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो सरकाले यसको जवाफ दिनुपर्ने भन्दै आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका हुन्।

पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताएका थिए। यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने अडान नेम्वाङको छ ।

सत्ता पक्षले सुनको जलहारी चढाउने भनेर पित्तलको जलहारी चढाइ भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो, उनले भने, सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ। हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ ।

एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठेर वेल घेराउसहित नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको हो।