४ कार्तिक २०८३, बुधबार

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरोध

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ ।

बैठकको सुरूमै एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदहरूले एमाले नेताहरूमाथि बिना प्रमाण आरोप लगाउने, आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका हुन् ।

पशुपतिमा सुनको जलहरी राख्दा तत्कालीन केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै सरकारले जवाफ दिनुपर्ने माग सचेतक गिरीले गरेका हुन् ।

‘सत्तापक्षले बिना प्रमाण आरोप लगाउने कुरा स्वीकार्य हुँदैन । हामी यसलाई निन्दा गर्न चाहान्छौँ । त्यो सुन होइन पित्तल हो भने सरकारसँग माग गर्न चाहान्छु । त्यो सुन हो कि पित्तल हो सरकारले जवाफ दिनुपर्छ,’ उनले भने।

सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने एमालेको अडान छ ।