४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीलाई माफी नदिन माग गर्दै पीडितले राष्ट्रपतिसमक्ष निवेदन दिँदै

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी नदिन माग गर्दै पीडितले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निवेदन दिने भएका छन् ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई माफी दिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको छ ।

निवेदनको राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका बताइएको छ ।

टीकापुर हत्याकाण्डमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहरालगायतले राष्ट्रपति कार्यालयमा आज निवेदन दिन लागेका हुन् ।