बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको आजबाट न्यायाधीससमक्ष बयान

दैनिक नेपाल २०८० जेठ १२ गते ११:११

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको आजबाट न्यायाधीस समक्ष बयान सुरू हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस प्रेमप्रसाद न्यौपानेको इजलासमा आज बयान हुन लागेको हो । सरकारी वकिलको कार्यालय काठमाडौंले बुधवार जिल्ला अदालत काठमाडौंमा ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो ।

ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो । पक्राउ परेका १६ जनाको बयान सकिन केही दिन लाग्नेछ ।

बयान सकिएपछि बल्ल थुनछेक बहस हुनेछ । यो प्रकरणमा १६ जना पक्राउ परेकामा अझै १६ जना फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित