शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

दैनिक नेपाल २०८० जेठ १२ गते ७:५५

काठमाडौं, १२ जेठ । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफनो धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित