काठमाडौं, ११ जेठ । आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
आईएमई पे’ ले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोन पे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । यो अफर साउन १६ गते सम्म मात्र लागु हुनेछ । केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आईएमई पे’ ले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे’ मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई पे’ आईएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ ।













प्रतिक्रिया