
काठमाडौं, ११ जेठ । दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको प्रहरीले जानकारी दिएको छ ।
जिपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
बिहीबार बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।
शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा अध्यापन गराउँदिन् ।















प्रतिक्रिया