४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीलाई माफी दिन माग गर्दै सरकारले राष्ट्रपति कार्यालयमा पठायो निवेदन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तको रूपमा जेल सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिन माग गर्दै सरकारले राष्ट्रपति कार्यालयमा निवेदन पठाएको छ ।

जन्मकैदको सजाय पाएका रेशमको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको हो ।

राष्ट्रपतिले निवेदन अध्ययन गरेपछि प्रक्रिया अगाडि बढाइने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सरकारले आगामी सोमबार परेको गणतन्त्र दिवसका अवसर पारेर चौधरीलाई रिहा गराउने तयारी गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा हरेक वर्ष राष्ट्रपतिले कानून बमोजिम माफी दिँदै आएका छन् ।