
काठमाडौं, ११ जेठ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२–०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ स्थित देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–१ बस्ने २६ वर्षीय बिपिन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
बाराको निजगढ नगरपालिका–८ तामागेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित सोही नगरपालिका–३ सिंगौल टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले हेटौंडाबाट महोत्तरीतर्फ जाँदै गरेको ना.७ ख ६४६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित सोही उपमहानगरपालिका–१४ उदयपुरुवा बस्ने २५ वर्षीय सिताराम लोनियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको थाहा नगरपालिका–२ फेदिगाउँ बस्ने ५५ वर्षीय सूर्य तामाङलाई अवैध लागूऔषध गाँजाको धुलो १८ केजी ४० ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।













प्रतिक्रिया