४ कार्तिक २०८३, बुधबार

कोशी प्रदेशबारे काँग्रेसको स्पष्टीकरण- साझा सहमतिबाट ‘कोशी’ प्रदेश नामकरण गरियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपाली काँग्रेस कोशी प्रदेशले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरिएको बताएको छ ।

प्रदेश सभापति उद्धव थापाले बिहीबार विज्ञप्ति जारी गर्दै अन्य ६ वटा प्रदेशको नामाकरण भइसकेको अवस्थामा राख्नैपर्ने भएर कोशी नामकरण गरिएको बताएका हुन् ।

काँग्रेसले अहिले नामाकरणको विरोधमा आन्दोलनसमेत भइरहेको भन्दै सबैलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुनेगरी मागहरू राख्न आग्रह पनि गरेको छ।

‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश नं. १ ले नाम राख्न सकिरहेको थिएन । नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर आन्दोलनरत प्रदेश नं. १ नामाङ्ककन संघर्ष समितिको तर्फबाट विभिन्न आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । यसै संदर्भमा आन्दोलनरत सम्पुर्ण साथिहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।