४ कार्तिक २०८३, बुधबार

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घट्यो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।

प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा ५ प्रतिशतले समायोजन गरेको हो।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा समायोजन गरिएको हो । उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५‍.९० प्रतिशतले घट्ने छ।

यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय भएको हो ।