
काठमाडौं, ११ जेठ । भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ।
जयशंकर र शर्माबीच बिहीबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा केन्द्रीत रहेको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन् ।
राजदूत शर्मासँगको भेटमा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।















प्रतिक्रिया