
काठमाडौं, ११ जेठ । ढाकाकुमार श्रेष्ठविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल मुद्दा दर्ता गर्ने भएका छन् ।
रास्वपा प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले २ करोड ८४ लाख रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको श्रेष्ठले आरोप लगाएपछि मुकुलले उनीविरूद्व मुद्दा दर्ता गर्ने भएका हुन् ।
श्रेष्ठले लगाएको आरोपले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै श्रेष्ठविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ,’ उनले लेखेका छन् ।
मुकुलले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गर्दै मुद्दा दर्ता गर्ने बताउँदै अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोग गर्ने पनि बताएका छन् ।















प्रतिक्रिया