४ कार्तिक २०८३, बुधबार

गिभिनाले नर्सहरूसँग किन मागिन् माफी ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । सामाजिक अभियन्ता गिभिना मगरले नर्सहरूसँग माफी मागेकी छिन् ।

केही दिनअघि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत नर्स र गिभिनाबीच भएको विवादमा उनले माफी मागेकी हुन् । क्यान्सरको उपचाररत बालिकालाई लिएर अस्पताल पुगेकी गिभिनाले बिरामी बालिकालार्य नर्सहरूले समयमा खोप र औषधि नदिएको आरोप लगाउँदै टिकटकमा लाइभ गरेपछि विवाद भएको थियो ।

भिडियो भाइरल भएपछि सर्वसाधारणले नर्स र नर्सिङ प्रेसाप्रति नै अश्लील गाली–गलौज गरिरहेका छन् । गिभिनाको कार्यले नर्सहरूको चरित्र हत्या गरेको भन्दै नर्सहरू अन्दोलनमासमेत उत्रिएका थिए ।

नर्सहरू आन्दोलनमै उत्रिएपछि गिभिनाले सार्वजनिक रूपमा माफी मागेकी हुन् । उनले आफू र नर्सबीच मिसअन्डरस्ट्यान्डिङ भएको थियो र आफू भावनामा डुबेँको उनले बताएकी छिन् ।

‘त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो । त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको थियो । म पनि भावनामा डुबेँ । यो औषधि दिने क्रममा टाइमको फरक पर्‍यो भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो । सबै कुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ । त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो । यसको लागि सायद मान्छेबाटै भुल हुन्छ, त्यसै कारणले गर्दा मेरो पनि भुल भएको छ । त्यही भुलले गर्दा धेरैजना जो नर्सिङ पेसामा आबद्ध हुनुभएका नर्सहरूलाई धेरै समस्या आएको छ । त्यो मेरो उद्देश्य र चाहना थिएन । मैले नानुलाई बचाउँछु भनेर मात्र आएको थिएँ । तर, एक्कासि थाहै नपाई यो घटना घट्न पुग्यो,’ उनले भनेकी छिन् ।

गिभिनाले आफ्नो उद्देश्य नर्सहरुलाई गलत देखाउनु नरहे पनि भूलवश गल्ती भएको स्वीकार गरेकी छन्। साथै उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।