४ कार्तिक २०८३, बुधबार

रूकुम पश्चिममा जिप दुर्घटना, पाँचजनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिकामा दुर्घटनामा हुँदा पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट-८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसीको मृत्यु भएको छ । एकजनाको सनाखत हुन बाँकी छ ।

घटनामा १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ ।