
काठमाडौं, ११ जेठ । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार ६ सय रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया