
काठमाडौं, १० जेठ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण सहयोग गर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।
उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरीले बोलाए बयानका लागि जानुपर्ने जिकिर गरे ।
भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताएका हुन् ।















प्रतिक्रिया