४ कार्तिक २०८३, बुधबार

केपी ओलीलाई धन्यवाद दिँदै चन्द्र भण्डारीले भने- मेरो स्वास्थ्य लाभको कामना गर्नुभयो ‘थ्याङ्क यू सो मच’

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । जलनको उपचारपछि पहिलो पटक बुधबार संसदमा गएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

उपचारपछि तीन महिनापछि संसदमा उपस्थित भएका भण्डारीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकामा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा भण्डारी र ओलीबीच भेट भएको हो ।

‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ । गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच’,’ भण्डारीले भने ।

अध्यक्ष ओलीले आफूलाई भण्डारी फर्केर आउने विश्वास भएको बताउँदै निको भएर आएकोमा खुशी व्यक्त गरे । ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ,’ ओलीले भने ।

भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराए ।