
काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको आर्थिक वृद्विमा भूकम्प, कोभिड मात्रै राखेको तर नाकाबन्दी बिर्सिएको टिप्पणी गरेका छन् ।
पछिल्लो सात वर्षमा भारतीय नाकाबन्दीले पनि देशको आर्थिक वृद्विमा असर गरेको बिर्सन नहुँने भन्दै लामिछानेले सरकार नाकाबन्दी भन्न छुटाएको धारणा व्यक्त गरे ।
‘नीति तथा कार्यक्रममा मुलुकको वर्तमान अवस्थामाको इमान्दार समिक्षा हुनुपर्छ । पाँच महिना सरकार गठनमै गयो । नीति तथा कार्यक्रममा पछिल्लो ७ वर्षको आर्थिक वृद्विलाई कोभिड, भूकम्पले असर गर्यो भनियो तर, नाकाबन्दी भन्न सरकारले छुटाएछ । छुटाएछ कि डराएछ म अहिले भन्न सक्दिन । तर देख्न सकिएन । नाकाबन्दी बिर्सने विषय होइन,’ उनले भने ।
लामिछानेले पूराना नेताहरूले संसदलाई छेडखानी गर्नेस्थल भएकोमा असन्तुष्टि जनाउँदै जनताले आश गरेको संसदको दुरूपयोग नगर्न अनुरोध गरे ।
‘३० वर्षमा तपाईहरूले के गर्नुभयो भन्ने जान्न कान्ति बाल अस्पताल जानुहोला, गरिब विपन्न पढेका विद्यालय जानुहोला । तीष वर्ष अगाडि हाम्रो बजेमा १०० मा ३० रूपैयाँको तलब ७० को काम हुन्थ्यो । अहिले ३० को काम ७० को तलब खुवाउने अवस्थामा हामी आएका छौँ । त्यसकारणले यो तीस वर्षको मुल्यांकन गर्दा संसदमा उभिएर एक अर्कालाई छेडखानी गर्नु पर्दैन त्यसका लागि एक अर्काको घरमा गएर कुरा गर्नुस् । त्यसका लागि नेपाली जनताले आश गरेका संसदलाई दुरूपायोग नगर्न म अनुरोध गर्दछु,’ उनले भने















प्रतिक्रिया