
काठमाडौं, १० जेठ । नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले नेपाली राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बाहुल्यता बढ्ने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बुधबारको प्रतिनिधि सभामा बोल्दै सांसद विष्टले असल, इमान्दार र समान्य अवस्थाका नागरिक राजनीतिमा आउने अवस्था लगभग बन्द भएको धारणा राखे ।
साधारण मानिसलाई राजनीतिमा आउने अवस्था सिर्जना गर्नका लागि निर्वाचन ऐनमा सुधार गर्न आवश्यक रहेको बताए । उम्मेदवार चयन गर्दा एउटा असल इमान्दार कार्यकर्ताले जनतामा स्थापित कार्यकर्ताले उम्मेदवारी नपाउने अवस्था पनि देखा परेको विष्टले बताए ।
‘आज राजनीतिमा असल इमान्दार र समान्य अवस्थाका नागरिक आउने अवस्था लगभग बन्द भएको छ । राजनीतिमा एक अर्काको दलाल, माफिया, भ्रष्टाचारीहरूको बाहुल्यता बढ्ने अवस्था देखिएको छ । यसको अन्त्य गरेर साधारण मानिसहरू राजनीतिमा आउने अवस्था ल्याउन जरूरी छ । यो प्रकारको अवस्था सम्बोधन गर्नेगरी निर्वाचन ऐन सुधार गरियोस् । एउटा असल इमान्दार कार्यकर्ताले जनतामा स्थापित कार्यकर्ताले उम्मेदवारी नपाउने अवस्था पनि देखा परेको छ । नेतामुखी राजनीति, हाकिममुखी सार्वजनिक प्रशासनमा सुधार गरेर जनमुखी राजनीति कार्यसम्पादनमुखी, नतिजामुखी सार्वजनिक प्रशासन नबनाएर सम्म देशमा सुधार हुन सक्दैन विकास हुन सक्दैन,’ उनले भने ।















प्रतिक्रिया