३ कार्तिक २०८३, मंगलबार

बुधबार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज बुधबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।