३० कार्तिक २०८३, सोमबार

नवनियुक्त मन्त्रीहरुको शपथ आज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ आज हुँदैछ ।

राष्ट्रपति निवास, शितल भवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी यादवको आज शपथ हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्री नियुक्त गरेका थिए ।