२ कार्तिक २०८३, सोमबार

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।