
काठमाडौं, ९ जेठ । । एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि ल्याएको केवाईसी (भिकेवाइसी) अन्तर्गत अनलाईन भिडियो कल गरी थप पाँचवटा सेवाहरु लिन सक्ने व्यवस्था गरेको छ ।
एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने भएको छ ।
डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि ल्याएको भिडियो केवाईसी (भिकेवाइसी) सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक गर्न सकिने सुविधा ल्याएको हो । अनलाईन खाता खोल्ने ग्राहकहरूका लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले फेरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक सेवा गरी थप पाँच वटा सेवा प्रणालीमा जोडेको छ ।
घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइट nicasiabank.com मा गएर (भिकेवाइसी) मा उपलब्ध भएका सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सकिने छ । ग्राहकहरुले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।
परिवर्तित समयअनुरुप परिष्कृत सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्ने छ ।
हाल ३७ लाखभन्दा बढी ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले ल्याएको नयाँ सुविधाबाट स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूले भिडियो कलबाट सेवा लिन सक्ने छन् । जसकारण सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थित हुनुपर्ने झन्झटबाट समेत मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।













प्रतिक्रिया