४ कार्तिक २०८३, बुधबार

एकहप्ता पनि नबित्दै कामीरिता दोस्रो पटक सगरमाथाको चुचुरोमा, बनाए विश्व कीर्तिमान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । कामीरिता शेर्पाले २८औँ पटक सगरमाथाको सफल आरोहण गर्दै विश्व कीर्तिमान राखेका छन् ।

उनले एकहप्ताको बीचमा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेर विश्वकीर्तिमान राखेका हुन् ।

सोलुखुम्बुका शेर्पाले आज मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यसअघि गत बुधबार मात्रै उनी उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए ।

तर, सोलुखुम्बुकै पाङबोचेका पासाङ दावा शेर्पाले पनि सोमबार सफल रूपमा २७औँ पटक सगरमाथाको सफल आरोहण गर्दै कामीरिताको बराबरी गरेपछि कामीरिताले २८औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान राखेका हुन् ।