
काठमाडौं, ८ जेठ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ ।
डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो ।
बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ ।
यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यसै गरि बैंकले, आफ्नो एप मार्फत ‘नेपाल पे’ को क्युआर सञ्चालनमा ल्याएको छ ।
अव बैंकका ग्राहकहरुले फोनपे का अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।















प्रतिक्रिया