४ कार्तिक २०८३, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा मन्त्रिपरिषद् विस्तार, यी हुन् नवनियुक्त मन्त्रीहरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएका हुन् ।

यसअघि माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् ।