४ कार्तिक २०८३, बुधबार

ढाकाकुमारको रिटमा आज सुनुवाई हुँदै

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रकम मागेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमा आज सुनुवाई हुँदैछ ।

रास्वपाले ढाकाकुमारलाई कारबाही गर्दै सांसद पदबाटसमेत निलम्बन गरेको थियो । पार्टीको कारबाहीविरूद्व श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल ढाकाकुमारको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आजको सुनुवाईले रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आदेश गर्नेछ । रिटको सुनुवाई न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा तोकिएको छ ।