४ कार्तिक २०८३, बुधबार

सन्दीप लामिछाने मुद्दा: गाउँपालिका र अस्पतालबाट युवतीको जन्ममितिको कागज मगाउन आदेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले पुन युवतीको जन्म मिति सम्बन्धी कागजात मगाउन आदेश दिएको छ ।

न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासमा भएको सुनुवाईले पुन: गाउँपालिका र अस्पतालबाट युवतीको कागजात मगाउन आदेश गरेको हो ।

सन्दीपको मुद्दामा युवतीको उमेर विवादास्पद देखिएको छ । सन्दीप पक्षका कानून व्यवसायीले बलात्कार भएको भनिएको समयमा १७ वर्ष कटिसकेको दाबी गरेका छन् भने युवती पक्षका कानून व्यवसायीले उनी नाबालिका नै रहेको दाबी गर्दै आएका छन् ।

युवतीको उमेर विवादास्पद देखिएपछि यसअघि पनि सर्वोच्चले गाउँपालिकाको पत्र र अस्पतालको कागज मगाएको थियो ।

यसअघिको कागजले बलात्कार भएको भनिएको समयमा युवतीको उमेर १७ वर्ष कटिसकेको देखाएको थियो ।