४ कार्तिक २०८३, बुधबार

शरणार्थी प्रकरणमा ओलीको टिप्पणी- बाघ भोकै मर्छ, घाँस खाँदैन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारका पालामा नक्कली भुटानी शरणार्थी प्रकरणमा गडबडी नभएको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको भन्दै आफू सधैं भ्रष्टाचारका विरूद्धमा रहेको भन्दै छानबिन गर्न चुनौती दिएका हुन् ।

‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ उनले भने ।

उनले तीन दलका नेताहरूको भेटलाई लिएर प्रश्न गरेकोमा आक्रोशसमेत व्यक्त गरे ।

‘तीन प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह पैदा भयो ? संसद बैठक पटक पटक बस्दा सन्देह पैदा भयो ? मन्त्रिपरिषद् पटक पटक बस्दा सन्देह पैदा भयो ? के भन्या यो ? अनि देशको अवस्था यस्तो छ । सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने ? आदि कुराहरूमा नेताहरू छलफल गर्दैनन् ? मेरो मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्न गएको जसरी प्रचार गरियो केपी ओलीले अर्थोक गर्ला, म्याउँम्याउँ गर्दैन । बाघ भोकै मर्छ, तर घाँस खाँदैन,’ उनले भने ।