४ कार्तिक २०८३, बुधबार

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गरौँ: केपी शर्मा ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार ढाकछोप गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई ढाकछोप गरिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भ्रष्टाचारविरूद्व इच्छाशक्ति देखाउन आग्रह गरे । भ्रष्टाचारविरूद्व सबैलाई साझा इच्छा शक्ति बनाउनुपर्ने उनले बताए । उनले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

‘एक पटक इच्छाशक्ति देखाऔँ। यसलाई साझा इच्छाशक्ति बनाऔँ। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ,’ अध्यक्ष ओलीले भने ।

सरकारले सरकारी जग्गा नियन्त्रण गर्नेलाई समेत रोक्न नसकेको उनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सरकार अन्त्यसम्म पुग्न नसक्ने भन्दै अल्मल्याउने बाटोमा मात्रै सरकार रहेको उनको टिप्पणी छ ।