४ कार्तिक २०८३, बुधबार

एमालेको विरोधपछि रोकिएको सुदूरपश्चिम प्रदेश सभा बैठक पुन: सुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । नेकपा एमालेको विरोधपछि रोकिएको सुदूरपश्चिम प्रदेश सभा बैठक पुन: सुरू भएको छ ।

बोल्ने समयको विषयमा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक रोकिएको थियो ।

एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबै सांसदले शून्य समयमा आफ्नो धारणा राख्न पाउनेपर्ने भन्दै प्रदेश सभा घेराउ गरेको हो ।

सभामुखले सांसदहरुलाई शून्य समयमा बोल्न नदिएर संसदीय मर्यादा मिचेको भन्दै एमालेले रोस्ट्रम घेराउ गरेको हो ।

गत फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको हो ।