४ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, तीनजना मन्त्री र एकजना राज्यमन्त्रीले लिए सपथ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रबाट ३ र कांग्रेसबाट १ जना गरी ४ जना मन्त्री नियुक्त गरेका छन्।

नेकपा माओवादी केन्द्रयका रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण, झपट साउद सामाजिक विकास मन्त्री र माओवादीकै समानुपातिक सांसद गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका हुन् ।

यस्तै, नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।