४ कार्तिक २०८३, बुधबार

मेरो भारत भ्रमणले नयाँ रेकर्ड बनाउँछ: प्रधानमन्त्री प्रचण्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताएका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

उनले केही रेकर्डहरू नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु छलफलमा बस्दा भ्रष्टाचारबिरूद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भएपनि आफुहरु संसदलाई सहज रुपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पारे ।

उनले अहिले पनि केही मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखापरेर नै छलफलमा बसेको पनि बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहि पनि नछुट्ने र निर्दोष कोही नपर्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको प्रचण्डको भनाई छ ।