४ कार्तिक २०८३, बुधबार

आइडिया बैंक सञ्चालनमा ल्याउने मेयर बालेनको तयारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आइडिया बैंक सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

आफ्नो घोषणापत्रमा भएअनुसार आइडिया बैंक सञ्चालनमा ल्याउन लागिएको बालेनले बताएका छन् । महानगरपालिकाले नयाँ योजना भए त्यस्ता योजना लिएर आउन बालेनले आग्रह गरेका छन् ।

“आइडिया बैंक कार्यक्रमको उद्देश्य दक्षरअदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो । तपाइसँग आइडिया छ, तपाईँ महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र तीन वर्ष कटेको छैन । तपाईं विद्यार्थी हुनुहुन्छ, तपाइसँग महानगरको समस्या समाधानका व्यवसायमुखी आइडिया छन् र त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ ? कसरी त्यसको विजनेस प्लान बनाउने, कार्यान्वयनको योजना बनाउने । कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ बालेनले भनेका छन्।

विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी पाँचवटा क्याटगोरीमा आवेदन माग गरिएको छ ।

सार्क ट्यांक जस्तै मोडलमा उत्कृष्ट ५० टिमले लगानीकर्ताहरू माझ आफ्नो आइडिया प्रस्तुत गरी लगानी जुटाउन सक्नेछन् । बालेनले आवेदन दिने अन्तिम मिति जेठ १९ गतेसम्म रहेको जानकारी पनि दिएका छन् ।